प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

ट्याङकरको ठक्करबाट थापाको मृत्यु

२०७९ जेठ २३, सोमबार १५:०४ बजे

हेटौंडा – दुध बोक्ने ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । भक्तपुरको लोकन्थली बसपकेटमा सोमबार ट्याङकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका ५ का ४५ वर्षीय नहकुल थापा रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नागरीक अस्पताल गठ्ठाघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१ ००४ क ०५८० नम्बरको दुध बोक्ने ट्याङकरले बागमती प्रदेश ०२ ०२५ प १६२० नम्बरको स्कुटरलाई सोमबार अपरान्ह सवा ४ बजे ठक्कर दिएको हो । दुबै सवारी साधन र ट्याङकर चालकलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।