प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

अन्डाको खोलभित्र लागूऔषध

२०७९ फाल्गुन ७, आईतबार ०४:४० बजे

हेटौंडा – पछिल्लो समयमा लागूऔषध कारोबारीले अन्डाको खोलभित्र लागूऔषध ब्राउन सुगर ल्याउने गरेको भेटिएको छ । मेचीनगर नगरपालिकाको काँकडभिट्टा नाकाबाट अन्डाको खोलभित्र लुकाएर ब्राउन सुगर ल्याएको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–३ का २४ वर्षीय ऐतराज इवा र सोही ठाउँका २७ वर्षीय प्रकाश खाती रहेका छन् । एउटा क्यारेटमा एक दर्जन अन्डा ल्याइरहेका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा एउटा अन्डामा सानो दुलो बनाएर खोलभित्र प्लास्टिकमा पोको पारेर ब्राउन सुगर लुकाएर राखेको पाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार बरामद गरिएको ब्राउन सुगर ५ ग्राम रहेको छ । प्रतिबन्धित लागुऔषध सहित पक्राउ परेका दुबै जनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।