काठमाडौं - लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार विहान जिल्लाको सदरमुकाम बेसीशहरमा भूकम्पको धक्का महसुस गरिएको हो।
लमजुङको बुलबुलेलाई केन्द्रविन्दु बनाएर विहान ७ बजेर १७ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो।