प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

लगातार पराजित नेपाल समुह चरणबाटै बाहिरियो

२०८० असार ९, शनिबार १६:१२ बजे

हेटौंडा – नेपाल भारतमा जारी  १४ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समुह चरणबाटै बाहिरिएको छ । प्रतियोगिताको दोस्रो खेलमा नेपाल भारतसंग २–० गोलअन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

नेपाल लगातार दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । नेपाल पहिलो खेलमा आमन्त्रित टोली कुवेतसंग ३–१ गोलले पराजित भएको थियो । 

गलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । नेपालले दुबै गोल दोस्रो हाफमा खाएको हो । भारतका लागि पहिलो गोलको ६२ औं मिनेटमा सुनिल क्षेत्री गरे । दोस्रो गोल खेलको ७० औं मिनेटमा महेश सिंह नोरिमले गरे ।

पहिलो हाफमा नेपालले थुप्रै गोल गर्ने अवसर पाएपनि अग्रता बनाउनबाट चुक्यो । पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपाली खेलाडीहरु प्रर्दशन कमजोर रह्यो । नेपाल भारतसंग पराजित हुन पुग्यो । 

जितसँगै समूह ए बाट भारतले सेमिफाइनलमा स्थान बनाएको छ । भारतले २ खेलमा ६ अंक जोडेको छ । भारतले पहिलो खेलमा पाकिस्तानलाई ४–० ले हराएको थियो ।

भारतसँगै कुवेत पनि सेमिफाइनल प्रवेश गरेको छ । कुवेत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।कुवेतले शनिबार पाकिस्तानलाई ४–० ले हराएको थियो

अब नेपालले तेस्रो तथा समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानविरुद्ध खेल्नेछ । समूह ए मा अंक विहीन नेपाल र पाकिस्तान क्रमशः तेस्रो र चौथो अर्थात पुछारमा रहेको छ । पाकिस्तान पनि समूह चरणबाट बाहिरिएको छ ।