हेटौंडा – प्रहरीले सात राउण्ड गोली सहित एक जनालाई पक्राउ गरेको हो । ईलाम सूर्योदय नगरपालिका–९ ढोडे बस्ने ३५ वर्षीय जिवन राईलाई ७ राउण्ड गोली सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राईले राईफलको गोली देखाई घर छरछिमेकीलाई समेत डरधम्की दिने गरेको प्रहरीको आरोप छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा सुत्ने कोठाको र्याकको घर्रामा लुकाएर राखेको अवस्थामा उक्त गोली बरामद गरी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।