प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मलामी गएका एक पुरुषको मृत्यु

२०८० चैत्र १०, शनिबार १८:५८ बजे

धनगढी – बझाङमा मलामी गएका एक पुरुषको सेती नदीमा बगेर ज्यान गएको छ।

शनिबार दिउँसो जयपृथ्वी नगरपालिका-७ धौलाबगरस्थित सेती नदीको किनारमा नुहाउने क्रममा बगेर स्थानीय ४० वर्षीय धनजित आग्रीको मृत्यु भएको हो।

शुक्रबार राति चट्याङ लागेर मृत्यु भएका गजेन्द्र बहादुर सिंहको मलामी गएका आग्रीको बगेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनी अन्दाजी १ किलोमीटर तल बगएर नदीको किनारमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।