प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एएफसी कप छनोट : भुटानको पारो नेपालको मछिन्द्रसंग हार्यो

२०८० श्रावण २३, मंगलबार १४:२३ बजे

काठमाडौँ – नेपालको मछिन्द्र फुटबल क्लब एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको दोस्रो चरणमा पुगेको छ।

मंगलबार दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा मछिन्द्रले भुटानी क्लब पारो एफसीलाई ३–२ गोलले हराउँदै मच्छिन्द्र क्लब एएफसी कप छनोटको दोस्रो चरण पुगेको हो ।

निकैरोमाञ्चक खेलमा पारो एफसीले सुरुवाती अग्रता लिए त्यसलाई जोगाउन सकेन । सातौं मिनेटमा पारोका होम्बाको प्रहार रोक्ने क्रममा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठलाई लागेर गोल हुन पुग्यो ।

त्यसपछि मछिन्द्रले लगातार तीन गोल गर्न सफल भयो। मच्छिन्द्रका लागि खेलको १२औं मिनेटमा विमलले बराबरी गोल गरे। उनले आयुष घलानको पासमा गोल गरेका थिए।

खेलको १५ औँ मिनेटमा बिमलको पासमा आयुषले गोल गर्दै मछिन्द्रलाई २–१ गोलको अग्रता दिलाए । खेलको ३९ मिनेटमा मछिन्द्रका लागि ओलावाले अफिजले तेस्रो गोल गरे। डिफेन्डर ओमोलाजा करिमले दिएको कटब्याक पासमा उनले हेडमार्फत गोल गरे।

७१औं मिनेटमा पारोका लागि इभान अशान्तेले एक गोल गरेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । विजेता मछिन्द्रले आगामी अगष्ट १६ मा भारतीय क्लब मोहन बगानसँग प्रतिस्पर्धा गर्नेछ ।