प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टिपरले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु

२०८० मंसिर १६, शनिबार २०:११ बजे

हेटौंडा – टिपरले मोटरसाइकललाई ठक्कर दिंदा बारामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विश्रामपुर गाउँपालिका–५ बस्ने २७ वर्षीय श्रीराम प्रसाद गुप्ता रहेका छन् ।

जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिपरा चोकमा वीरगंजबाट जितपुरतर्फ जाँदै गरेको ना.७ ख ८२४१ नम्बरको टिपरले ना.३२ प २७८१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा गुप्ता घाइते भएका थिए । गम्भीर घाइते भएका उनको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।