काठमाडौं – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष भोलि सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीका अनुसार, नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबार अपरान्ह ४ बजेका लागि समय तय भएको हो । उनलाई प्रतिनिधि सभाका १७० भन्दा बढी सांसदको समर्थन रहेको जानकारी पनि डा. अधिकारीले दिए ।