प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

सुनका गहना लुटपाट गर्ने ६ जना पक्राउ

२०७९ भाद्र २९, बुधबार ०७:०३ बजे

भक्तपुर – भक्तपुर र काभ्रे सुनका गहना लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–९ ठेगाना भएका २२ वर्षीय बुद्ध तामाङ, उदयपुर त्रियुगा नगरपालिका–७ ठेगाना भएका २३ वर्षीय बिशाल राई, सिन्धुली मरिन गाउँपालिका–५ ठेगाना भएका २० वर्षीय आर्यन माझी, काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–३ ठेगाना भएका २१ वर्षीय सुदिप भण्डारी, मोरङ शनिश्वरे नगरपालिका–८ ठेगाना भएका ४० वर्षीय चन्द्र बहादुर बिक र भारत महाराष्ट्र सिङ्ली घर भई काठमाडौं महानगरपालिका–७ बस्ने ३५ वर्षीय अमोल भोसले रहेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित लुटपाटमा संलग्नमध्ये बुद्ध, बिशाल, आर्यन र सुदिपलाई पक्राउ गरेको हो । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने चन्द्र बहादुर र लुटिएको सुन किन्ने अमोललाई लुटिएको करिब २ तोला सुन सहित काठमाडौं चाबहिलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।