काठमाडौं – नक्सालस्थित होटल क्राउन प्लाजामा भएको शंकास्पद आगोलागीमा २३ वर्षीया पवी खनालको मृत्यु भएको छ। घटनामा संग्लन भएको आरोपमा २ जना प्रक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश मैनालीका अनुसार सिन्धुलीका पदमकुमार क्षेष्ठ र जितपुर सिमराका केशव रिजाललाई प्रक्राउ गरिएको हो। उनीहरुलाई मंगलबार नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानका लागि प्रहरी वृत मालीगाउँमा राखिएको छ।
युवतीलाई सुरुमा वीर अस्पतला लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पतालमा लगिएको थियो। अस्पतालमै मंगलबार बिहान युवतीको मृत्यु भएको थियो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा प्रेटोल छर्किएर आगलागी भएको खुलेको छ।