काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा उर्बर, ज्ञान र संस्कृतिले सम्पन्न नेपालमा धेरैभन्दा धेरै विदेशी पर्यटक ल्याउन प्रभावकारी प्रचार–प्रसार गर्न आवश्यक रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) को केन्द्रीय पर्यटन तथा नागरिक उड्ड्यन विभागद्वारा आज आयोजित ‘नेपालमाा पर्यटनः अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेपाल पर्यटन बोर्ड, पर्यटन विभागजस्ता संस्थाबाट परम्परागत शैलीमा नभई आधुनिक (डिजिटल) शैलीमा नेपालका वैभव र रमणीय स्थलबारे आक्रामक प्रचार गर्न आग्रह गर्नुभयो ।
“हामीले विश्वलाई भन्न सक्नुुपर्छ– बेस्सरी पैसा कमाएर मात्र हुँदैन, वास्तविक जिन्दगी जिउनु पर्छ । साँच्चैको हिमाल कस्तो हुुन्छ हेर्नुपर्छ ।
त्यहाँको चिसो कस्तो हुन्छ, थाहा पाउनुपर्छ’ प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले विश्वलाई भन्न सक्नुुपर्छ, हात्ती चढेर गैँडा हेर्दा थाहा हुन्छ । त्यकारण नेपाल भ्रमण गरौँ ।’’
प्रधानमन्त्री ओलीले पर्यटन पूर्वाधार विकासका लागि सरकारले प्राथमिकता दिएको जनाउँदै पर्यटनमैत्री वातावरणमा सरोकारवाला पक्षले ध्यान दिनुुपर्नेमा जोड दिनुुभयो ।