प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पोर्चुगल पठाइदिन्छु भनेर ठगी

२०८० बैशाख २२, शुक्रबार ०७:५० बजे

काठमाडौं – पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । खोटाङ दिक्तेल नगरपालिका-१० पाथेका घर भई काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने २२ वर्षीय सुरज राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

राईले वैदेशिक रोजगारका लागि पोर्चुगल जानको लागि ९ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि होटलमा मासिक १ लाख रूपैयाँ भन्दा बढी तलबमा हुने काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी ३ लाख ४२ हजार रूपैयाँ ठगी गरेकोले प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका१० बुद्धनगरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।