प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शौचालयमा लडेर एक जनाको मृत्यु

२०८० माघ १०, बुधबार ०९:१२ बजे

हेटौंडा – शौचालयमा लडेर चितवनमा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–२, फुलबारी टोलमा डेरा गरि बस्ने सिन्धुपालचोक स्थायी घर भएका ३५ वर्षीय प्रकाश सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार शौचालयमा जाने क्रममा शौचालयमा लडेर घाइते भएका थिए । उनको उपचारको क्रममा सरकारी अस्पताल भरतपुरमा मृत्यु भऐको हो । सो घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ ।