प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडा बजारमा व्यवसायीमाथि सांघातिक आक्रमण

२०८२ जेठ ३०, बिहीबार १७:३३ बजे

हेटौँडा बजारमा व्यवसायीमाथि सांघातिक आक्रमण भएको छ ।

हेटौँडा–१०, राप्तीरोडस्थित दास इम्पोरियमका सञ्चालक ६५ वर्षीय विन्दल दासमाथि सांघातिक आक्रमण भएको हो ।

बिहीबार दिउँसो करिब ३ बजेको समयमा ३ वटा मोटरसाइकलमा आएका ६ जना युवाको समूहले दासमाथि सांघातिक आक्रमण गरेका हुन् । आक्रमणबाट दासको दाउकोमा चोट लागेको छ । स्थानीय व्यवसायीले दासलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएको छ । (समृद्ध समाजबाट)