काठमाडौं – अभिनेता अनमोल केसी पक्राउ परेका छन् । अपराधिक विश्वासघात मुद्दामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साँगाबाट पक्राउ परेको सञ्चारमाध्यमहरुले जनाएको छ ।
चलचित्र ‘रावायण’का निर्माता एवं निर्देशक सुदर्शन थापाले दिएको जाहेरीका आधारमा उनी पक्राउ परेको बताईएको छ । केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
जाहेरी परेपछि उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका लागि हिरासतमा लिइएको प्रहरीको भनाई छ । उनी चलचित्र विकास बोर्डका अध्यक्ष भूवन केसीका छोरा हुन् ।