प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यस्तो रहला आजको मौसम

२०८० आश्विन १४, आईतबार ०७:५५ बजे

काठमाडौं – हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल बंगालको खाडीको उत्तर(पश्चिम भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। साथै कोशी, मधेश, बागमती, र कर्णाली प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।