प्रहर खबर
 २०८३ कार्तिक ८, शनिवार    

पहिरोमा परी एकै परिवारका तीनको मृत्यु, एकको सकुशल उद्दार

२०७९ असार १९, आईतबार ०९:०५ बजे

पाँचथर – पाँचथरको फालेलुङ गाँउपालिका– ७ बिदीन स्थितमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरिएको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।

पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको प्रहरी टोलीले उद्दार गर्ने क्रममा रुपलालका काका ७१ बर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको हो । पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजतलासको क्रममा ५५ बर्षीय रुपलाल मगरलाई शनिबार बिहान र उनको ४२ बर्षीया श्रीमती गोमा मगर, दल प्रसादको १९ बर्षीया नातिनि एलिसा मगरलाई आइतबार बिहान मृत अवस्थामा फेला पारेको हो ।