प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

घट्यो सुनको मूल्य

२०७९ मंसिर २६, सोमबार ०७:१७ बजे

काठमाडौं – नेपाली सुनचाँदी बजारमा आज (सोमवार) छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतिताला रु तीन सयले घटेर रु एक लाख दुई सयमा आएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार सोमवार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार सात सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा सोमवार प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० मा आएको महासंघले जनाएको छ ।