प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाईते

२०८० जेठ १, सोमबार १३:१४ बजे

हेटौंडा – पूर्बपश्चिम राजमार्गमा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

जिल्लाको को ईटहरी उपमहानगरपालिका–१७ सिप्रदीस्थित आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पुर्बतर्फ जादै गरेको मे।११ प।३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भएर लबिपुर खोलाको पुलको रेलिङमा ठोक्किँएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटना हुँदा घाइते भएकी स्कुटर चालक ईटहरी ७ की २० बर्षीया यलिसा मगरको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । स्कुटर पछाडी सवार ईटहरी ५ की २२ बर्षीया सुस्मिता चौधरीको बिराट नर्सिङहोम बिराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।