हेटौंडा – मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ ।गोदावरी नगरपालिका–३ स्थित चौकिडाँडामा गएराति कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले जानकारी दिए । उनका अनुसार कपिल कठायत नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए ।
मोटरसाइकल पछाडि सवार अर्का प्रहरी जवान हेमराज डाउडा घाइते छन् । उनको उपचार भइरहेको र घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।