प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बेवारिसे अवस्थामा नवजात शिशु फेला

२०८० भाद्र ४, सोमबार १५:४० बजे

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँपछाडि सोमबार नवजात शिशु बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी चौकी मौरेबाट खटिएको टोलीले झाडीमा जिउँदै नवजात शिशु बेवारिसे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी दानसिं भण्डारीले जानकारी दिए।

नवजात शिशुको टाउकोमा चोट लागेकाले उपचारका लागि स्थानीय महिलाको जिम्मा लगाएर अछामको बयालपाटा अस्पतालमा पठाइएको पनि उनले जानकारी दिए। नवजात शिशु बालक हुन्। नवजात शिशु कसले फालेको हो भन्नेबारे जानकारी प्रहरीले लिइरहेको छ।