हेटौंडा – एक वृद्धले आफ्नै श्रीमती र नातिनीमाथि खुकुरी प्रहार गरेका छन् । दोलखाको तामाकोशी गाउँपालिका वडा नं.२ झुले बस्ने ७२ बर्षीय मोहन बहादुर कार्कीले आइतबार आफ्नै ६८ बर्षीया श्रीमती तारादेवी कार्की र १२ बर्षीया नातिनी सुदाना कार्कीमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार खुकुरी प्रहारबाट हजुरआमा र नातिनी घाइते भएका छन् । घाइते दुबैको टाउको र बाँया पाखुरामा चोट लागेको छ। दुबै स्वास्थ्य अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचारको लागि च्छोरोल्पा अस्पताल चरिकोटमा पठाईएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते तारादेवीको छोरा रोजगारको शिलशिलामा काठमाडौंमा छन् । मोहन बहादुरलाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।