प्रहर खबर
 २०८० चैत्र १५, बिहीबार    

बकैया गाउँपालिकामा गठबन्धनका लामिछाने र खत्री विजयी

२०७९ जेठ ४, बुधबार ०४:५२ बजे

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धन विजयी भएको छ । बुधबार बिहान सम्पन्न मतगण्ना अनुसार गाउँपालिका अध्यक्षमा गठबन्धनबाट नेपाली कांगेसका धर्मराज लामिछाने ११ हजार २९२ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत ल्याईन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री विजयी भएका छन् । खत्रीले ९ हजार ५२२ मतसहित विजयी भएका हुन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत ल्याए ।

१२ वटा वडा रहेको बकैया गाउँपालिकामा सबैभन्दा बढी कांग्रेस ५, माओवादी केन्द्र ४ र एमालेले ३ वटा वडा जितेको छ ।