प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते

२०७९ फाल्गुन ५, शुक्रबार ०३:०८ बजे

हेटौंडा – काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका ११ पात्ले गाउँमा आज बिहानै मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने सहचालक घाइते भएका छन् ।

घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सहचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भकुन्डेबेशीबाट धुलिखेलतर्फ आँउदै गरेको बा ५ ख ३०४३ नम्बरको मिनि ट्रक आज बिहान ५ बजे सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

प्रतीकात्मक तस्बिर