प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जग्गाको विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु, छ जना पक्राउ

२०७९ मंसिर १६, शुक्रबार ०८:५५ बजे

हेटौंडा – धनुषामा जग्गा जमिनको विषयमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । मिथिला बिहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव र ४२ वर्षीय सुरज यादवबीच जग्गा जमिनको विषयमा बादबिवाद भएको थियो ।

बादबिवादको क्रममा कुटपिट हुँदा प्रभु यादवको बिहीबार राति मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २७ वर्षीय गणेश कुमार यादव सहित ६ जनालाई पक्राउ गरेको जनाएको छ । साथै कुटपिटबाट घाइते भएका ३० वर्षीय जगरनाथ यादव समेत ३ जनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।