प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कुटपिट गरी आफ्नै दुई बर्षीय नातीको हत्या, गणेश पक्राउ

२०८० असार २९, शुक्रबार १३:४४ बजे

हेटौंडा – बैतडीमा कुटपिट गरी आफ्नै २ बर्षीय नातीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै नाती २ वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका–६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँद पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार गणेशको कुटपिटबाट रेशम र ८ वर्षीय नाती समेत २ बालकलाई गम्भीर घाइते भएका थिए । उनीहरु उपचारको लागि डडेल्धुरा अस्पतालमा लगिएकोमा रेशमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकालाई थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई बिहीबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।