प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भरतपुरमा मतान्तर बढाउँदै रेनु

२०७९ जेठ ३, मंगलबार ०५:१३ बजे

चितवन – भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाउँदै गएकी छन् ।

मतगणनाको पछिल्लो परिणामअनुसार रेनु दाहालले ६०१९ मत पाएउँदा एमालेका विजय सुवेदीले ५९५६ मत पाएका छन् । हाल रेनु र सुवेदीबिचको मतान्तर ६३ रहेको छ । यसअघि मतान्तर ३१ थियो ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २९३७ मत पाएका छन् । यस्तै उपमेयरमा चित्रसेन अधिकारीले ७३४६ मतका साथ अग्रता बनाइरहेका छन् ।