प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

२०७९ असार २८, मंगलबार ०८:५१ बजे

हेटौंडा – रुपन्देहीको तिलोत्तमा नगरपालिका ४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीकै मर्चवारी गाउँपालिका १ का १९ वर्षीय रामचन्द्र केवट रहेका छन् ।

दुर्घटनाबाट गम्भिर घाइते भएका केवटको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । लु ४० प ५९८९ नम्बरको मोटरसाइकल आज बिहान साढे ५ बजे नियन्त्रण गुमाएर पल्टिएको वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीले जनाएको छ ।