प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

शारीरिक सम्पर्क राख्ने युवती मिलाइदिन्छु भन्दै बोलाएर दुई बालकले गरे युवकको हत्या

२०७९ जेठ १७, मंगलबार ०९:५७ बजे

विराटनगर – सुनसरीको धरानमा शारीरिक सम्पर्क राख्ने केटी मिलाइदिन्छु भन्दै बोलाएर दुई जना बालकले एक युवकको हत्या गरेका छन् । १३ र १७ वर्षका बालक मिलेर धरान उपमहानगरपालिका–११ विष्णु चोकका ३१ वर्षीय सन्दीप लम्जेलको हत्या गरेका हुन् ।

लम्जेलको हत्यामा धरान–१५ बगरकोटका १३ वर्षीय र धनकुटाको साँगुरीगढी गाउँपालिका–८ घर भइ बगरकोटको भेटघाट सेकुवा कर्नरमा काम गर्दै आएका १७ वर्षीय बालकको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

लम्जेलको शव गत बिहीबार धरान–५ तल्लो देउरालीस्थित सुन्दर बस्तीनजिक सेउती खोलाको बगरमा भेटिएको थियो। शरीरमा धारिलो हतियारले काटेको र घोपेको तथा ढुंगाले अनुहार किच्याएको अवस्थामा शव भेटिएको थियो ।

प्रहरीले १३ बर्से बालकलाई गत शुक्रबार धरानबाट र १७ बर्सेलाई शनिबार धनकुटाको छिन्ताङबाट पक्राउ गरेको थियो । घाटनाको अनुसन्धान अघि बढाएपछि दुवै जनाले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ । हत्यामा प्रयोग गरिएको दुईवटा छुरी प्रहरीले बरामद गरेको छ।

अन्नपुर्णपोष्टबाट