प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अवैध रूपमा अमेरिकी डलरको कारोबार गर्ने श्रेष्ठ पक्राउ

२०८० असार २१, बिहीबार १३:४१ बजे

हेटौंडा – अवैध रूपमा विदेशी विनिमय (अमेरिकी डलर)को कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठ रहेका छन् ।

विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई ललितपुर महानगरपालिका-६ वकुवहालबाट अमेरिकी डलर १ सय दरको १ सय ९८ थानसहित पक्राउ गरेको हो ।

उनलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।