प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

लिभरपुल लिड्स युनाइटेडसँग पराजित

२०७९ कार्तिक १३, आईतबार ०२:४४ बजे

काठमाडौं – प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुल लिड्स युनाइटेडसँग पराजित भएको छ । लिड्सले लिभरपुललाई २–१ गोलको नतिजामा पराजित गरेको हो ।

लिड्सको जितमा रोड्रिगो मोरेनो र क्रिसेन्सियो समरभिलले गोल गरे । लिभरपुलका लागि मोहमल सलाहले गोल गरेपनि जितकालागि पर्याप्त बन्न सकेन

लिड्सले खेलको १४औं मिनेटमा मोरेनोको गोलमा सुरुआती अग्रता बनाएपनि सलाहले १४औं मिनेटमा बराबरी गोल फर्काएका थिए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलको ८९औं मिनेटमा लिड्सका क्रिसेन्सियोले गोल गर्दै लिड्सको जित सुनिश्चित गरेका थिए ।

यस सिजन लयमा नरहेको लिभरपुललाई शीर्ष चारमा पर्न निकै दवाव रहेको छ । हारसँगै लिभरपुल १२ खेलबाट १६अंकसहित तालिकाको नवौं स्थानमा छ । लिड्स समान खेलमा १२अंकसहित १५औं स्थानमा छ ।