काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला एक हजार रुपैयाँ घटेको थियो।
आज (सोमबार) छापावाल सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।