प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आज आंशिक बदली र हल्का वर्षाको सम्भावना

२०८१ कार्तिक १२, सोमबार ०७:२८ बजे

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायु र पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशका अधिकांश पहाडी भूभागमा आंशिक बदली देखापरेको छ भने बाँकी भूभागमा मौसम प्रायः सफा रहने सम्भावना छ । आज दिउँसो पहाडी क्षेत्रमा आंशिक बदली कायम रहँदा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना छ । राति पनि यस्तो नै स्थिति रहने अनुमान छ, विशेष गरी कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहनेछ ।

आज सूर्योदय बिहान ६:१२ मा भएको थियो भने सूर्यास्त साँझ ५:२३ मा हुनेछ।