प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरतपुरमा रेनु र चित्रसेन विजयी हुने निश्चित

२०७९ जेठ ९, सोमबार १४:०९ बजे

चितवन – भरतपुर महागनरपालिकामा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल मेयर हुने पक्का भएको छ ।

१ लाख १५ हजार ९ सय ११ मतगणना हुँदासम्म दाहालले ११ हजार ३ सय ७२ मतान्तर बनाएकी छिन् । उनलाई ३५ हजार ५ सय २७ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले १४ हजार २ सय १५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा सत्ता गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् । मतगणना नसकिँदै उनले विजयी मत ल्याएका हुन् । अधिकारीले ४७ हजार ८ सय ४ मत ल्याएका छन् । अधिकारीले प्रतिद्वन्द्वी राप्रपा गठबन्धनकी उम्मेदवार हिमला गुरुङलाई १९ हजार ९ सय १८ ले पछाडि पारेका छन् ।

अब ११ हजार ९ सय २८ मत गन्न बाँकी छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ८३९ मत खसेको थियो ।