प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

२०८० चैत्र २१, बुधबार २०:०१ बजे

अर्घाखाँची – जिल्लाको शितगंगा नगरपालिकामा मोटरसाइकल र जिप एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

शितगंगा नगरपालिका १४, जलुकेपानीमा लु २ च ७९३२ नम्बरको सिङ्गल क्याप जिप र लु ६ प ७९३१ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु निवासी २८ वर्षीय नियाज मुसलवानको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप चालक घाइते रुपन्देहीका २६ वर्षीय सनिउल्लाह थकिरको उपचार भइरहेको छ। जलुकेपानीको साँघुरो बाटोमा जिप र मोटर साइकल एकआपसमा ठोक्किँदा दुवै सवारी खसेका थिए।

जिपको ब्रेक फेल हुँदा दुर्घटना भएको ठाडाका निमित्त प्रमुख प्रहरी नायव निरीक्षक सालिकराम खनालले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।