काडमाडौं – सशस्त्र प्रहरी बलका पूर्व डीआईजी वसन्त बानियाँको मृत्यु भएको छ ।उनको उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रवार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँको मुटुमा समस्या थियो । उनी सशस्त्र प्रहरी बलको डीआईजीबाट साढे २ वर्षअघि अवकाश पाएका थिए ।