प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब

२०८० माघ १२, शुक्रबार ०७:२७ बजे

काठमाडौँ – आईसीसी यू–१९ विश्वकप अन्तर्गत शुक्रबार (आज) नेपालले अफगानिस्तानको सामना गर्दै छ। दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुने नेपाल र अफगानिस्तानबीचको खेल नेपाली समयानुसार दिउँसो १:४५ बजे सुरु हुने छ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटको हार व्यहोरेको थियो ।

सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।