हेटौंडा - सर्लाहीको कविलासी नगरपालिका ७ मा मोटरसाइकल पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा कविनासी नगरपालिका ९ सलेमपुरका २७ वर्षीय डिकेश रायको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।
नवलपुर–मलंगवा सडकखण्डमा प्रदेश २ ०३ ००९ प ९१५ नम्बरको मोटरसाइकल गएराति १२ बजे अनियन्त्रित भई सडक किनारमा रहेको पिलरमा ठोकिएको थियो ।