काठमाडौं – सुर्खेतमा ड्युटीमा रहेका प्रहरी जवानले कन्चटमा गोली हानी आत्महत्या गरेका छन् । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका दार्चुलाको अपी नगरपालिका–६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले बिहीबार बिहान आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेका हुन् । उनको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारहेको बताईएको छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरीको टोली घटनास्थल पुगेको छ ।