प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बसको सिटमै मृत भेटिए यात्रु

२०७९ मंसिर २७, मंगलबार १२:२६ बजे

हेटौंडा – बसमा सवार एक यात्रु मृत अवस्थामा भेटिएका छन्। रौतहटको गौरबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६.ख १४७२ नम्बरको यात्रुवाहक बसमा एक यात्रु मृत अवस्थामा भेटिएको हो ।

बसमा सवार सर्लाही बिष्णु गाउँपालिका–१ बस्ने ७० वर्षीय भरत झा बसेको सिटमा मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चितवन भरतपुर महानगरपालिका–१०, केन्द्रिय बस टर्मिनल नजिकै बसेको सिटमा मृत अवस्थामा फेला परेको हो ।

घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।