प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मकवानपुरमा पटाका बरामद

२०८० कार्तिक १६, बिहीबार २१:५० बजे

हेटौंडा – मकवानपुर प्रहरीले बकैया गाउँपाकिा वडा नं.१२ ठिंगनबाट विभिन्न किसिमका पटाका बरामद गरेको छ ।

कान्तिलोकपथ अन्तर्गत वीरगञ्जबाट काठमाडौं तर्फ जाँदै गरेकोण् बा.८१ प १५४२ नम्बरको मोटरसाइकल चालक वीरगञ्ज महानगरपालिका वडा नं.११ बस्ने बर्ष ४५ को भागिरथ महत्तोको साथबाट पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको साथबाट प्रहरीले चक्लेट बम २० थान, चक्र २५ थान, फुलझरी २० थान र नागिन पड्का २ प्याकेट बरामद गरेको हो । उक्त पटाका प्रहरीको नियन्त्रणमा रहेको छ ।