प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा बेवारिसे फेला परेका पुरुषको मृत्यु

२०८० भाद्र १७, आईतबार ०७:०५ बजे

हेटौंडा – हेटौंडामा बेवारिसे अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ४५ वर्षका पुरुषको चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार ती पुरुष हेटौंडा उपमहानगरपालिका वडा नं.१५ संसारी पुल मुनी भदौ ७ गते बिरामी अवस्थामा फेला परेका थिए । उनको उद्धार गरी चितवनको भरतपुर अस्पतालमा लगिएको थियो । उनको उपचारको क्रममा शनिबार साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरुषको मृत्यु भएपछि आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ ।