प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

माओवादी बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्ने दाबी

२०७९ श्रावण २५, बुधबार १२:२० बजे

हेटौंडा – शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री देवेन्द्र पौडेलले आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । बागमती प्रदेशको राजधनी हेटौंडामा पत्रकारसंगको भेटघाटमा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् ।

उनले माओवादीलाई बामपन्थी पृष्ठभूमीको पहिलो पार्टी बनाउने कार्यायोजनाहरु बनाएको बताए । बामपन्थी अन्य पार्टीहरु छन् , उहाँहरुले पनि भन्नुहोला, हामीले चाहीँ हामी पहिलो पार्टी हुन्छौँ भनेका छौँ, आधार पनि छ, सम्भावना पनि छ,’उनले भने,‘प्रतिस्पर्धा गरौँ, हेरौँ, हाम्रो लक्ष्य पहिलो पार्टी बन्ने छ ।’

उनले नेकपा एमालेसंग गठबन्धन गर्ने बिषयमा अनौपचारिक रुपमा छलफल हुने गरेको बताए । उनले एमालेका नेताहरुसंग भेटघाट हुँदा नेकपा फुटेर राम्रो नराम्रो के भयो ? भनेर समिक्षा हुने गरेको बताए । एमालेसंग एकता गर्ने बिषयमा आधिकारिक रुपमा वार्तामा बसेर छलफल नभएको स्प्रष्ट पारे । गठबन्धनमा अन्य दल थपिन सक्लान् तर, गठबन्धनमा आबद्ध पार्टीले अन्य दलसंग गठबन्ध गर्ने सम्भावन छैन ।,’ उनले भने ।

उनले समाजवादी केन्द्र बन्ने बिषयमा वार्ता भएको तर, सहमति भइ नसकेको बताए । उनले भने,‘समाजवादी केन्द्र बनिसकेको होइन, वार्ता भएको कुरा चाहीँ हो ।’ गठबन्धनको धारलाई नयाँपन दिएर आफुहरु अगाडि बढ्ने उनको भनाई थियो ।

मन्त्री पौडेलले गठबन्धनमा माओवादी केन्द्रले कति सिट पाउँछ, त्यो विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए । माओवादीले बिगतमा प्राप्त गरेको मत, पार्टीको सदस्य सङख्या, उम्मेदवारले जित्न सक्ने आधार र आवश्यकताको आधारमा सिट दाबी गर्ने बताए । मन्त्री पौडेलले मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचन तोकिएको समय र शान्तिपूर्ण हुने पनि बताए ।