काठमाडौं – गुडिरहेको बस र स्कुटीलाई रुखले किच्दा तीन जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित ग्रिनल्याण्ड होटलको गेट अगाडि ठिमीबाट दुधपाटीतर्फ आउँदै गरेको बा २ ख ३५८४ नं को यात्रु बाहक बस र भक्तपुर दुधपाटीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं का स्कुटरलाई रुखले किचेको प्रहरीले जनाएको छ ।
मृतकमध्ये नितेश खर्वुजाको मात्रै सनाखत भएको छ भने अन्यको भएको छैन । घटनामा अन्य १२ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। उनका अनुसार घाइतेहरुको युवामोरा अस्पताल , भक्तपुर अन्तर्राष्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भइरहेको छ ।
अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ ।गृहमन्त्री बालकृष्ण खाणले घाइतेहरुको उद्दार गर्न जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।