हेटौंडा – काठमाडौं महानगरपालीका–१५ सानो भर्याङ्गस्थित यातायात व्यवस्था कार्यालयबाट प्रहरीले ६ जना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं–४ बाफल बस्ने वर्ष २४ को अजय मगर, काठमाडौं–६ बौद्ध बस्ने वर्ष ३३ को विश्व वल्लभ लामा, काठमाडौं–४ बाफल बस्ने वर्ष २४ को सुवास योन्जन लामा, स्वयम्भु बस्ने सुरज भन्ने वीर बहादुर मगर, पेप्सीकोला बस्ने वर्ष २४ को विशाल उप्रेती र ४ सीतापाईला बस्ने वर्ष २४ को बिमल पुलामी रहेका छन् ।
यातायात व्यवस्था कार्यालयमा सेवा लिन आएका सेवाग्राहीहरुलाई बिना इजाजत सेवा लिनेरदिने कार्यमा बाधा पुर्याउने, लाग्ने दस्तुर भन्दा बढी दस्तुर लिन, छिटो छरितो काम गरिदिने भनी आश्वासन दिए सरकारी काम कारवाहीमा बाधा अवरोध र अनावश्यक दुःख हैरानी दिएर अभद्र व्यवहार आरोप प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका ६ जनालाई मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसूरमा ७ दिनको म्याद थप अनुमति लिएर प्रहरी बृत्त स्वयम्भूबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।