प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सवारी दुर्घटनामा २ जनाको मृत्यु

२०८० मंसिर १७, आईतबार १४:११ बजे

काठमाडौँ – नवलपरासी पश्चिमको छुट्टाछट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

सुनवल नगरपालिका–१ स्थित सडकमा लु.५६ प ४२४८ नम्बरको मोटरसाइकल र लु.४ त ८४०६ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक भारत कुशीनगर शिवपुर मठिया बस्ने २२ वर्षीय राहुल गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रामग्राम नगरपालिका–११ जमुवाडमा लु.१२ प १०९४ नम्बरको मोटरसाइकल लु.१ ख ६६०३ नम्बरको तेल ट्याङ्करमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक म्याग्दी बस्ने ३१ वर्षीय याम प्रसाद विकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।