प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

संसद् भवनमा ड्रोन दुर्घटना : छानबिन गरी दोषीलाई कारबाही गर्न ड्रोन सङ्घको माग

२०८२ असार २५, बुधबार २०:१७ बजे

काठमाडौँ । नेपाल मानव रहित विमान (ड्रोन) सङ्घले सङ्घीय संसद् भवन परिसरमा ड्रोन दुर्घटना भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सङ्घले उक्त घटनाको तत्काल छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ ।

सङ्घले एक प्रेस विज्ञप्ति जारी गर्दै असार २३ गते राति भएको उक्त घटनाले राष्ट्रिय सुरक्षामाथि नै प्रश्न उठाएको बताएको छ ।

यस्तो उच्च सुरक्षा क्षेत्रभित्र ड्रोन उडाएर राष्ट्रिय सुरक्षामाथि प्रश्न उठाएको छ,झ विज्ञप्तिमा भनिएको छ, 'सांसद रामहरि खतिवडाज्यूले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति यदि सत्य हो भने शीघ्र छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन हामी सम्बद्ध निकायहरूसँग आग्रह गर्दछौँ।

महासचिव प्रबिन भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा सङ्घले घटनाबारे छानबिन गर्न माग गरे । 

सङ्घले दुर्घटनाग्रस्त ड्रोन दर्ता भएको थियो वा थिएन, त्यसले उडान अनुमति लिएको थियो वा थिएन भन्नेबारे यथार्थ छानबिन गर्न माग गरेको हो ।

घटनामा संलग्न व्यक्तिलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाहीको प्रक्रिया अगाडि बढाउन माग गरेको छ।

 त्यस्तै संसद् भवनजस्ता संवेदनशील क्षेत्रमा यस्ता अवैध गतिविधि रोक्न प्रविधिसहितको निगरानी प्रणाली स्थापना गर्न माग गरेको छ ।

dron