काठमाडौं – एसिया कप खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरिएको छ ।
टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)तथा क्रिकेट समर्थकहरुले भव्य स्वागत गरेका छन् । नेपालले पाकिस्तान र श्रीलंकामा दुई खेल खेलेको थियो ।
एसिया कप क्रिकेटका लागि नेपाली टोली पाकिस्तानको कराँची पुगेको थियो । नेपालले मुल्तानमा १६ औं संस्करणको एसिया कपको उद्घाटन पाकिस्तान पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।
एसिया कपको दोस्रो खेलका लागि टोली श्रीलंका पुगेको थियो । भारतसँग खेल खेल्न श्रीलंका पुगेको टोली १० विकेटले पराजित भएको थियो । भारतसँग पराजित भएसँगै नेपाल समूह चरणबाट बाहिरिएको थियो ।
नेपाल बाहिरिएपछि टोली आज स्वदेश फर्किएको हो । भारतसँग म्याच हारेपनि उत्कृष्ट व्याटिङ गरेको नेपाली टोलीको प्रंशसा भइरहेको छ ।