मधेस – मधेस प्रदेशका आठओटै जिल्लामा बुढ्यौली साहित्य समितिका क्रियाकलापलाईपलाई अझ व्यवस्थित बनाउन प्रदेशस्तरीय समिति गठन गरिएको छ । अहिले रौतहट, सर्लाही, बारा, महोत्तरी र धनुषामा समितिका विविध प्रारूपहरू क्रियाशील छन् ।
समितिमा हाल अध्यक्ष र सदस्यहरूको चयन भएको छ । समिति भएका प्रत्येक जिल्लाबाट एक एक जना समितिबाट गरी पाँच जनाको चयन गरिएको छ । समितिमा नरहेका बुढ्यौली साहित्य समाजलाई आआफ्नै किसिमले सघाइरहेका तीन जनालाई भने मनोनयन गरिएको छ ।
यसरी निर्मित समितिमा अध्यक्षमा सर्लाहीका कवि लम्बोदर काफ्ले तथा सदस्यहरूमा बाराकी संस्मरणकार अप्सरा पुडासैनी, रौतहटकी लघुकथाकार रेणु गुप्ता, महोत्तरीका कवि लालबाबु शर्मा, धनुषाका कवि नानीराम दाहाल रहेका छन् । यसै गरी मनोनीतमा सर्लाहीका कवि रामचन्द्र कुशवाहा, महोत्तरीका कवि रामचन्द्र पौडेल तथा सिराहाका निबन्धकार नन्दलाल आचार्य समितिमा रहेका छन् ।
मधेस समितिको गठन साहित्यकार रमेशमोहन अधिकारीको सक्रियतामा विद्युतीय माध्यमबाट भएको हो ।